Logo

नेदरल्याण्डका नागरिकसहित ६ जनालाई सम्मान



Spread the love

६ भाद्र, झापा – आई केयर फाउण्डेशनको ३५औँ स्थापना दिवसको अवसरमा मेची आँखा अस्पताल बिर्तामोडले अस्पताल स्थापनामा सहयोग पुर्याउने नेदरल्याण्डका नागरिकसहित ६ जनालाई सम्मान गरेको छ ।

अस्पताल परिसरमा बिहीबार आयोजित कार्यक्रममा नेदरल्याण्डको आई केयर फाउण्डेशनका प्रमुख बी जोन स्टेनभर्स, डा गोपालप्रसाद पोखरेल, प्रा डा सञ्जयकुमार सिंह, डा पुरुषोत्तम जोशी, डा मेमलाल राजवंशी र डा मोहन अधिकारीलाई सम्मानित गरिएको हो । उनिहरुलाई अस्पतालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा पुरुषोत्तम जोशीले आस्पतालको सेवाबारे जानकारी दिएका थिए । फाउण्डेशनका कार्यकारी निर्देशक अनिलप्रसाद गोर्खाली, अस्पताल सञ्चालक समितिका सचिव सुरेशकुमार वंशल, मेची आँखा अस्पताल सङ्घका सदस्य चण्डी पराजुली, सम्मानित व्यक्तित्व डा सिंह, डा पोखरेल, अस्पतालका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारी, अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्