Logo

‘महिलालाई आत्मनिर्भर बनाउनुपर्छ’



Spread the love

६ भाद्र, काठमाडाैँ – प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले महिलालाई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् । महिला सिर्जनशील केन्द्र काठमाडौँ तथा मकवानपुर महिला उद्यमी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा बिहीबारदेखि शुरु भएको महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमबाट महिलाको आत्मविश्वास बढ्ने बताइन् ।

प्रदेश प्रमुख कोइरालाले महोत्सवबाट महिलाको उद्यमशीलतामा निखारता आउनुका साथै सीपको विकास हुने धारणा राखिन् । उनले महिलालाई आत्मनिर्भर बनाउनका लागि स्वरोजगार बनाउने खालका तालीमको व्यवस्था गर्नुपर्ने बताइन् ।

पचास कक्ष रहेको सो मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु उत्पादन तथा हस्तकलाका सामग्री राखिने मकवानपुर महिला उद्यमी व्यवसायी सङ्घका अध्यक्ष सुशीला पाण्डेले जानकारी दिइन् । मेलामा दैनिक उपभोग्य वस्तु तथा तीज, दशैँ, तिहारलगायत चाडपर्वमा आवश्यक पर्ने उत्पादन उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्