Logo

लोकसेवा आयोग अध्यक्षमा यादव सिरफारिस



Spread the love

६ भाद्र, धनुषा – प्रदेश नं २ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले आज सिराहाका यादवलाई अध्यक्षमा चयन गरेको हो ।

मुख्यमन्त्री राउतको अध्यक्षता, सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य रहेको सिफारिस समितिले यादवलाई अध्यक्षमा सिफारिस गरेको हो । अध्यक्षमा सिफारिस भएका यादव सिराहा निवासी हुन् । उनि सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मैरबता यादव बहुमुखी क्याम्पसमा सह–प्राध्यापकको रुपमा कार्यरत छन् । अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले संविधानलाई टेकेर र ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिक्रिया दिए ।

यसैबीच प्रदेश नं २ मा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी बिदाको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्