Logo

फिल्म ‘धुम २’को दोस्रो गीत सार्वजनिक



Spread the love

फिल्म धुम २ को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक दिल बिचरा बोलको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने गीतमा टंक बुढाथोकी र संगीता तिमल्सिनाले स्वर दिएका छन्। सार्वजनिक भिडियोमा नवनायिका सिर्जना भट्टराई र जय किशन बस्नेत फिचरिङ छन्। भिडियोमा जय किशनकै नृत्य निर्देशन रहेको छ।


फिल्म ‘धुम २’ लाई जय किशन बस्नेतले निर्देशन गरेका हुन्। उनले ७ वर्ष अघिको ब्लकबस्टर फिल्म ‘धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन्। आफ्नो प्रदर्शन मिति भदौ ८ गते रोजेको चलचित्रमा जय किशन बस्नेत सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सन्जोग राना आदि कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/1VVNFpRvs6c

प्रतिक्रिया दिनुहोस्