Logo

प्राधिकरणबाट आजित भएपछि उद्योगमा आफ्नै बिजुली



Spread the love

६ भाद्र, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् ।

रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको  छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन ।

त्यसै गरी मोरङ कटहरी क्षेत्रमा स्थापना भएका झन्डै ४० वटा उद्योगहरु विद्युत् क्षमता नपुग्दा बन्द हुने अवस्थामा पुगेका छन् । यो समाचार आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्