Logo

डेंगु संक्रमित महिलाको मृत्यु



Spread the love

६ भदौ, डोटी ।  डेंगु संक्रमित दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया महिला छत्र मलासीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ ।

मेट्रो अस्पतालका  डा. विष्णु जोशीले डेंगुको संक्रमण अत्याधिक भएकाले मलासीलाई बचाउन नसकिएको बताए ।

टाउको दुख्ने र ज्वरो आउने जस्ता  समस्या स्वास्थ्यमा देखिएपछि  माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मलासीलाई डेंगुसँगै स्क्रप टाइफसको संक्रमण देखिएको डा. जोशीले बताउनु भयाे ।

जिल्लामा अहिलेसम्म कसैलाई पनि डेंगुको संक्रमण नभएको जिल्ला अस्पताल डोटीले दाबी गरेकाे छ । मलासिकाे विषयमा भने परीक्षणपछि मात्रै यसबारे यकिनसँग भन्न सकिने जिल्ला अस्पताल डोटीका चिकित्सक डा. भूषण मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्