Logo

भगवान् कृष्णले पाएका यी उपहार जसलाई जीवनभर छोडेनन्



Spread the love

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज श्रीकृष्ण भगवानको पूजा आराधना गरेर मनाइँदै छ ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो । भगवान् कृष्णले आफ्नै खराब मामा कंसको बध गरेकाले उनलाई असल भगवानको रूपमा पनि चिनिने गरिन्छ l यति मात्र होइन, उनलाई कृष्ण हिन्दु धर्म शास्त्रका अनुसार भगवान् विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । तिनै विष्णुको अवतार कृष्णले जीवनमा केही उपहारहरू पाएका छन् l जुन उपहार भगवानले कृष्णले आफ्नो जीवनको अन्त्यसम्म पनि राखेका थिए । आउनुहोस् चारचार गरौँ भगवान् कृष्णको सो उपहारको बारेमा l

मोरपन्ख
जब भगवान् कृष्ण वृन्दावन पुगेका थिए । तब राधाले उनको मुकुटमा मोरपन्ख लगाइदिएकी थिइन् । जसलाई भगवान् श्रीकृष्णले कहिल्यै छोडेनन् ।

बाँसुरी
भगवान् कृष्णलाई नन्दबाबाले गोकुलमा बाँसुरी दिएका थिए l जुन उनको प्रिय खेलौना भयो । सोही बाँसुरी भगवान् कृष्णको जीवनभर नै साथ रह्यो l

सुदर्शन चक्र
भगवान् कृष्ण जब परशुरामसँग भेट्नका लागि गएका थिए । त्यहाँ परशुरामले उनलाई उपहार स्वरूप सुदर्शन चक्र दिएका थिए । जसलाई कृष्णले सधैँ आफैंसँग राखे ।

वैजयन्ती माला
भगवान् कृष्णले जब पहिलो पटक रासलीला खेलेका थिए, तब राधाले उनलाई वैजयन्ती माला लगाइदिएकी थिइन् । उनलाई लगाइएको वैजयन्ती माला विजय दिलाउने माला थियो । त्यसलाई कृष्णले जीवनभर छोडेनन् ।

अजितन्जय धनुष
गुरु सान्दिपनीको आश्रममा भवन कृष्णलाई अजितन्जय धनुष मिलेको थियो । गुरुले आफ्ना छोरा बचाएर ल्याएको खुसीयालीमा कृष्णलाई यो उपहार दिएका थिए । जसलाई कृष्णले आफ्नो जीवनभर छोडेनन् ।

प्रतिक्रिया दिनुहोस्