Logo

माल्दिभ्सलाई पराजित गर्दै उज्वेकिस्तान फाइनलमा प्रवेश



Spread the love

६ भदौ, काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा कीर्गिस्तानको भेट उज्वेकिस्तानसंग भएको छ । बिहीबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले कीर्गिस्तानसँगको भेट पक्का गरेको हो ।

नेपाली सेनाको कभर्ड हलमा माल्दिभ्सलाई २५–२०,२५–१९ र २५ -२१ ले पराजित गर्दै उज्वेकिस्तानले अन्तिम दुईको यात्रा सुनिश्चित गरेको थियो । माल्दिभ्सले भने तेस्रो स्थानका लागि तुर्केमिनिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि साविक विजेता तुर्केमिनिस्तानलाई पराजित गर्दै कीर्गिस्तान पाँचौ संस्करणको च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

शुक्रबार च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानका लागि तथा माल्दिभ्स र तुर्केमिनिस्तानबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्