Logo

युभेन्टसका प्रशिक्षक सार्री इटालियन सिरी ‘ए’ को सुरुवाती दुई खेलमा अनुपस्थित हुने



Spread the love

६ भदौ, काठमाडौं । इटालियन सिरी ‘ए’ को सुरुवाती दुई खेलमा इटालियन क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्री अनुपस्थित हुने भएका छन् । ६० वर्षीय सार्री निमोनियाबाट ग्रसित भएसंगै अहिले नियमित उपचारकै क्रममा रहेकाले सिरी ‘ए’ सुरुवाती दुई खेलमा मैदान बाहिर रहने भएका हुन् ।

बिहीबार क्लबले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेपनि अझै आराम गर्नुपर्ने उल्लेख गरिएको थियो । यही शनिबार युभेन्टसले पार्मासँग खेल्दै सिरी ‘ए’ को सुरुवात गर्नेछ । त्यसपश्चात दोस्रो खेलमा युभेन्टसले नेपोलीको सामना १ सेप्टेम्बरमा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्