Logo

विराटनगरमा ३० बर्षकै ठूलो बाढी : राजमार्गको पुल जोखिममा



Spread the love

विराटनगर – लगातार बर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ ।

पूर्वी क्षेत्रको मुख्य शहर विपराटनगरमा पछिल्लो ३० बर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।

लोहन्द्रा खोलाले बगाएर केराबारी ९ कुसुमेका ५६ बर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ बर्षका गंगाराम खतिवडा र

त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्