Logo

खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता



Spread the love

६ भदौं, काठमाडौँ l आज बिहान प्रचण्ड निवास खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच भएको भेटवार्तामा झन्डै २ घण्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा पार्टीको सचिवायल बैठकमा ओली र नेपालबिच भएको चर्काचर्कीपछिको तिक्ततालाई कम गर्ने प्रयास गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सो छलफलमा केही बेर नेता जनार्दन शर्माको पनि सहभागिता रहेको थियो l पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिङ्गापुर जानु अघि कार्यकारी अधिकार अध्यक्ष प्रचण्डलाई दिए l

अधिकार पाएकै भोलिपल्टै प्रचण्डले नेपालसँग छलफल गर्नुलाई अर्थपुर्ण रूपमा हेरिएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तँ तँ र म म को समेत भनाभन भएको थियो l

दुई नेताबीच विवाद भएपछि नेकपा तरंगित भएको छ । वरीयता तथा जनवर्गीय सङ्गठनमा अध्यक्ष ओलीले एकपक्षीय नियुक्ति गरेको भन्दै असन्तुष्ट नेता नेपालले जनाएका छन् l

प्रतिक्रिया दिनुहोस्