Logo

सरकार गन्तव्य बिना नै अघि बढ्यो : नेता थापा



Spread the love

६ भदौं, काठमाडौँ l अहिलेको सरकार उपलब्धिमूलक कुनै काम गरेर देखाउन नसक्दा आफैँ आलोचित बन्न पुगेको आरोप नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले लगाएका छन् l

आज नवलपरासीको कावासोतीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै नेता थापाले सरकार गन्तव्यबिना अघि बढिरहेको र गन्तव्यहीन यात्राले सधैँ दुर्घटना घटाउने हुँदा सरकारको कामबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको बताए ।

नेता थापाले जनताका हितमा सरकारले कुनै काम गर्न नसकेको भन्दै समस्याको समाधान बाहिरबाट नभई यहीँबाट खोज्नुपर्ने औंल्याए । दुईतिहाइको सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म पनि अहिलेको सरकारले कुनै राम्रा काम गरेर देखाउन नसकेको आरोपसमेत नेता थापाले लगाएका छन् l

प्रतिक्रिया दिनुहोस्