Logo

प्रदेश सरकारले बन फडानी गर्ने षडयन्त्र सफल हुन दिँदैन : मुख्यमन्त्री राउत



Spread the love

६ भदौं, जनकपुरधाम । कुनै पनि हालतमा वन फडानी गर्ने सङ्घीय सरकारको षडयन्त्रलाई सफल हुन नदिने प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् l

आज उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षा रोपन कार्यक्रममा सहभागिता जनाउँदै मुख्यमन्त्री राउतले सङ्घीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताएका हुन् ।

मुख्यमन्त्री राउतले बन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले बताउँदै आफूहरू बन र चुरे जोगाउन जस्तो सुकै पाइला चाल्न पनि तयार रहेको बताएका छन् l

मुख्यमन्त्री राउतले वन प्रशासन र प्रहरीको मिलेमतोमा सङ्गठित रूपमै बन फडानी गर्ने कार्य भई रहेको उल्लेख गर्दै सो कार्य प्रदेश सरकारलाई सह्य नरहेको पनि उल्लेख गरे । आजैबाट बन जोगाउने कार्यमा सक्रिय हुन बन प्रशासनलाई निर्देशन समेत मुख्यमन्त्री राउतले दिएका छन् l

प्रतिक्रिया दिनुहोस्