Logo

पाटनको कृष्ण मन्दिरमा जन्माष्टमीको रमझम (फोटो फिचर)



Spread the love

आज श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा पाटनको कृष्ण मन्दिर लगायत देशैभरीका मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ । यो दिन हरेक वर्ष निराहार ब्रत बसेका भक्तजनहरू मनैदेखि शुद्ध भाव लिएर भगवान श्रीकृष्णको पुजाआजा गर्ने गरेका छन् । श्रीकृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे भन्ने धार्मिक मान्यता रहिआएको पाइन्छ । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुली चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

उनका मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलिला’ को पगरी गुथेर परिचित छन् । गोविन्द, कान्हा, कन्हैया, काले, मुरली मनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

आज कृष्ण मन्दिरको विशेष रमझमलाई सल्लेरी खबरका फोटो पत्रकार जे.आर.मार्शलले फोटोमा कैद गरेका छन्ः

प्रतिक्रिया दिनुहोस्