Logo

सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन: डा महत



Spread the love

७ भाद्र, काठमाडाैँ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

कर्मचारी सञ्चय कोष, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको ‘१०औँ केन्द्रीय अधिवेशन उद्घाटन समारोह’का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले सरकार राज्यको पुनःसंरचनाअुनसार स्थानीय सरकारको संस्थागत र कार्यदक्षतामा विकास गर्नेतर्फ नलागेको आरोप समेत लगाए ।

कर्मचारी सञ्चय कोषका प्रशासक तुल्सीप्रसाद गौतमले सामाजिक कोषको उदयसँगै कर्मचारी सञ्चय कोषलाई चुनौती थपिँदै गएको बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले वर्तमान सरकार संवैधानिक व्यवस्थाहरुलाई समेत बेवास्ता गर्दै आफू अनूकुल कानून बनाएर अगाडि बढ्न खोजेको आरोप लगाए ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष पदमराज रेग्मीले ट्रेड युनियनले वर्षौँ लगाएर ल्याएको सामूहिक सौदाबाजीबाट प्राप्त सुविधा गुमिरहेको र खाइपाइ आएको सुविधा कटौती भइरहेको भन्दै यसका विरुद्ध आवाज उठाउनुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्