Logo

स्थायी शिक्षक हुनका लागि प्रारम्भिक परीक्षा उत्तीर्ण गर्न ५० प्रतिशत अङ्क ल्याउनुपर्ने



Spread the love

७ भदौं, काठमाडौँ । स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास हुनुपर्ने भएकाे छ । यसअघि शिक्षकहरुको १०० पूर्णांकको लिखित परिक्षाकाे प्रारम्भिक परिक्षामा ४० प्रतिशत अङ्क ल्याएर पास भए पनि अन्तरवार्ता परीक्षामा सहभागी हुन पाइन्थ्यो । तर, अब २०० पुर्णाङ्ककाे लिखित परिक्षाकाे प्रारम्भिक परिक्षामा ५० प्रतिशत अङ्क ल्याएर पास भएपछि मात्र अर्को चरणको अन्तरवार्ता परीक्षामा सहभागी हुन पाउने  नियमावली प्रस्ताव गरिएको छ ।

शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुने प्रस्ताव गरिएको हाे ।

ओएमआरमा परिक्षा

ओएमआरमा परिक्षा हुनेछ, मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ ।

एक सय पूर्णांकको सामान्य परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछन् । प्रारम्भिक परीक्षामा कम्तिमा ५० अंक ल्याएर पास भएकाहरु मात्र दोस्रो चरणको लिखित (विषगत) परीक्षामा सहभागी हुन पाउने छन् । एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुनेछ । त्यसपछि वस्तुगतपछि एक सय पूर्णांककै विषयगत परीक्षा हुनेछ ।

वस्तुगत परीक्षामा पास भएकाहरुको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ । यसरी कूल दुई सय पूर्णांकको लिखित परीक्षामा धेरै अंक ल्याउने प्रतिस्पर्धीहरु अन्तिम चरणको परीक्षा अर्थात् अन्तरवार्तामा सहभागी हुनेछन् । अन्तर्वार्तामा पाएको नम्बरसमेत जोड्दा जसले धेरै अंक ल्याउँछ उही नियुक्तिको लागि सिफारिस हुने छ ।

शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार परीक्षार्थीको संख्या अत्यधिक हुँदा व्यवस्थित तरीकाले परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले लोक सेवा आयोगको जस्तै प्रारम्भिक परीक्षामा पास भएकाहरुलाई मात्र अर्को चरणको परीक्षामा सहभागी हुने नियम बनाइएको हाे । यस्तो नियमले परीक्षार्थीहरु छानिन्छन् । थोरै परीक्षार्थी भएपछि समय र आर्थिक खर्च दुवै कम हुन्छ ।

यो प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको सहसचिव काप्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्