Logo

सडक माथिबाट ढुंगा खस्दा सल्यानमा गुडिरहेको गाडी दुर्घटना, एकको मृत्यु एघार घाइते



Spread the love

सल्यानमा गुडिरहेको गाडीमा माथीबाट खसेका ढुंगाले दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन ।

सल्यान खलंगा बाट दाङ्ग तुलसीपुर जादै गरेको सल्यान रुकुम यातायात ब्यवसायी समितिको ना ३ ख ३२३०नम्बरको गाडी अाज दिउँसो करिव १ बजे तिर राप्ती राजमार्गको सल्यान र दाङको सिमाना चोरखोला नजिकै दुर्घटना भएको हो । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा सडक माथीबाट खसेका ढुंगाले लाग्दा अन्दाजी ३० बर्षका कमल पुन नाम गरेका एक ब्यक्तिको घटना स्थलमै ज्यान छ ।

सडकको माथि बाट खसेको ढुङ्गाले लागेर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्याम खत्रीले सल्लेरी खबरलाइ जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्