Logo

सान्चेस बायर्न छाडेर फ्रान्सेली क्लब लिलमा अनुबन्धित



Spread the love

७ भदौ, काठमाडौं । रेनाटो सान्चेसले अन्तत: बायर्न म्युनिख छाडेका छन् । उनी १५ मिलियन युरोमा फ्रान्सेली क्लब लिलमा अनुबन्धित भएका हुन् । उनले शुक्रबार फ्रान्स पुगेर ५ वर्षको लागि सम्झौता गरिसकेका छन् ।

सन् २०१६ को युरो कपमा पोर्चुगलका लागि सानदार प्रदर्शन गर्दै बायर्न पुगेका सान्चेसले जर्मनीमा भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् । बायर्नमा रहने उनको चाहना भएपनि बायर्नमा खेल्ने मौका नपाउँदा उनले क्लब छाड्ने निर्णय गरेका थिए ।

तर बायर्न भने उनलाई सजिलै जान दिने पक्षमा थिएन । बायर्नले यसअघि दुई पटक उनको आग्रहलाई अस्विकार गरेको थियो । सान्चेसले सार्वजनिक रुपमा नै बायर्नमा मौका नपाएको बताएसंगै क्लबले लिलको प्रस्ताव स्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्