Logo

राष्ट्रपति मैत्रीपालाद्वारा श्रीलङ्कामा लगाइएको संकटकाल हटेको घोषणा



Spread the love

७ भदौ, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य भएको श्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन् । गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको उहाँले शुक्रबार बताउनुभएको हो ।

आतङ्कवादीहरूले गरेको आक्रमणमा परी दर्जनौको मृत्यु भएको घटनापछि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो ।

यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन सङ्कटकालको म्याद थप्दै आउनुभएका राष्ट्रपति सिरिसेनाले यस पटक भने नथप्नु भएको सैन्य अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

अप्रिल २१ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले सय जना भन्दा बढीलाई पक्राउ गरेको र अनुसन्धान जारी गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्