Logo

पहिलो पटक जम्मु–कश्मिर भ्रमणमा निस्केका राहुल गान्धीलाई रोकियो श्रीनगर विमानस्थलमै



Spread the love

७ भदौ, काठमाडौं । जम्मु–कश्मिर भ्रमणमा निस्केका राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलमै रोकि दिएको छ।

स्थानीय प्रशासनले राहुल गान्धीसहित ११ जना नेताकाे प्रतिनिधी मण्डललाई विमानस्थलबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मिरको अधिकार खोसेपछि राहुल गान्धीले आफूहरुले जम्मु–कश्मिर जान पाउनु पर्ने माग गर्दै आएका थिए।

स्थानीय प्रशासनले उनीहरुको आगमनको लागि अनुकूल वातावरण नभएको भन्दै नआउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्