Logo

पाँचौँ एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानलाई



Spread the love

७ भदौ, काठमाडौं । पाँचौँ एभिसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले हात पारेको छ । नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० को सोजो सेटमा पराजित गर्दै किर्गिस्तान च्याम्पियन बनेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५-१९ले पराजित गरेको थियो ।

 कीर्गिस्तानको यो दोस्रो पटक उपाधि हो । यसअघि कीर्गिस्तानले तेस्रो संस्करणको उपाधि जितेको थियो । प्रतियोगितामा तुर्कमिनिस्तान तेस्रो भयो । माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश सातौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्