Logo

सप्तरी बाढीपिडितका लागि जुटेका युवाहरू



Spread the love

सप्तरीमा बाढीले जनता त्राहित हुँदा काठमाडौँ लगायत देशभरका केहि जुजारूक युवाहरू शान्त बस्न सकेनन् । युवाहरू फेसबुक , ट्वीटरका आ-आफ्ना सामाजिक सञ्जालका ग्रुपहरूदेखि युवाहरूका आफ्ना आफ्ना सामाजिक गैरसंस्कारी संस्थाका माध्यमबाट सप्तरी बाढी पिडितका लागि एक भए । उनीहरूले नगद तथा राहत सङ्कलनका लागि फेसबुक , ट्वीटर लगायत सामाजिक सञ्जालको भरपुर उपयोग गरे । साथै , स्कुल , कलेज लगायतमा गएर व्यक्ति विशेषबाट नि आम जनताका लागि सप्तरी बाढीपिडितसम्मका लागि सेतु बने । यसरी करिब साढे ५ लाख बराबर नगद र केहि जिन्सी राहत सङ्कलन गरेपछी युवाहरू ४ जनाको टोलि बनाएर सप्तरीको तिरहुत गाउँपालिका , वडा- २ , मैनाकडेरी हुँकियो ।

उनीहरूले त्यहाँ ६० प्रति परिवारका लागि चिउरा दालमोट लगायत राहत सामग्रि वितरण गरे । यसरी सप्तरी बाढी पिडित बचाउ अभियान मार्फत विभिन्न समूह र तप्काका युवाहरू समग्र राष्ट्रका लागि एक भए भने , देशको जुनसुकै कुनामा जे विपति आए पनि युवाहरू एक छन् , र राष्ट्रसेवामा सदा तत्पर रहेको सन्देश दिएको अभियानमामा रहेका युवा प्रतिनिधिहरूले बताए । सामाजिक गैरसरकारी संस्थामा पहिलो पाइला , Minste Foundation र नेपालोदय रहेका छन् । नेपालोदय मार्फत भारतको CMJ University बाट पनि सहयोग मिलेको थियो । यस्तै यी गैरसरकारी संस्थाका साथै फेसबुक ग्रुपहरूको पनि बराबर सहभागिता रह्यो । छिमेकी , साया ग्रुप , ब्राह्मिण रूम , फ्रेन्ड्स फर लाइफ , वूमन्स रूम रिलोडेड , गर्ल्स रूम रिलोडेड , एफेक्टिभ ग्रुप , ह्यान्ड इन ह्यान्ड , नेपलिज ब्रदर्स रूम , मोटिभेसन टू रिकभर , नेपलिज टिनेजर कन्फेसन , नेपलिज मेन्स एन्ड वूमन्स रूम, वूमन्स व्यारियर , यूनाइटेड युथ फर नेसन , क्वीन भिएस किङ्ग , द गर्ल्स अफ हिमालायस गरेर १६ वटा फेसबुक ग्रुपहरूबाट पनि राहत सङ्कलन तथा वितरणमा युवाहरू एक भए । देश र समाजका लागि फेरी पनि आउने विपतिहरूमा पून: यसरी नै र यो भन्दा प्रभावकारी ढङ्गबाट युवाहरू क्रियासिल हुनेमा विश्वासको ढोका खुलेको बुझिएको छ । संस्थाहरूको राहत सङ्कलन अझै नरोकिएको र अझै सप्तरी बाढी पिडितका प्रभावित थप जनताका लागि राहत उपल्बध गराउने धेयका साथ यी संस्था र ग्रुपहरू अझै तत्पर छन् ।

बितरण गरिएका राहत समाग्रीहरु (६० प्रति परिवार): १. चिउरा – २० किलो २. दालमोठ – १० किलो ३. बिसस्कूट – ८० पैकेट ४. सोलार लालटेन ठुलो -१ थान ५. त्रिपाल (१२’x१५’) -१ थान ६. प्लास्टिक रेनकोट – ३ थान ७. झूल (डबल बेड) -२ थान ८. नाइलॉन डोरी – ९० फिट ९. दन्त मन्जन ठुलो – १ थान १०. साबुन – ६ थान ११. फाइबर म्याट – २ मि. १२. तौलिया ठुलो – १ थान १३. टेनिस बल – १ थान १४. आवश्यक औषधिहरु संलग्न पैकेट -१ थान

प्रतिक्रिया दिनुहोस्