Logo

एक महिनादेखि निरन्तर आन्दोलनमा विद्यार्थी, आनाकानीमै व्यस्त केइसी प्रशासन



Spread the love

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेलमा दुई विद्यार्थी संगठनले विद्यार्थी हक हितका लागि गरेका मागको अझैसम्म सुनुवाई हुन सकेको छैन । सो कलेजका दुई संगठन नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघद्वारा यहि असार २९ गते मागपत्र प्रस्तुत भएता पनि सम्बोधनमा भने अझै आनाकानी भइरहेको पाइएको छ ।

गत असार २९ गते विद्यार्थीहरूको हक, हित र समय सापेक्ष सुधारका लागि विज्ञप्ती सहित १८ बुँदे माग विद्यार्थी संगठनले प्रस्तुत गरेका थिए । तर, कलेज प्रशासनले पत्र पाएको महिना दिनभन्दा बढी भईसक्दा पनि सम्बोधन भने गर्न सकेको छैन ।

उता कलेज प्रशासनले आँफु सकारात्मक भएको देखाएता पनि ठोस निर्णय र समयमै माग पुरा हुने गरी आवश्यक कदम चाल्न सकिरहेको छैन ।

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल

विद्यार्थीहरूले कलेज माग पुरा गर्न ढिला सुस्तीका साथै आश्वासनमा नै संघर्षको अन्त्य गर्ने तर्फ उद्यत भएको बताउँदै १०–१२ लाखको महंगो लागतमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न असक्षम रहेको बताएका छन् । “आश्वासन कै भरमा संघर्षको अन्त्य हुँदैन । १०–१२ लाख रकम खर्चिएपछि गुणस्तरीय शिक्षा तथा सुविधा पाउनुपर्छ।“ विद्यार्थीहरूले भने ।

विद्यार्थीले अघि थपे,“कलेजले झारा टार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । शैक्षिक सुधार नै देश विकासको आधार हो ।“

लामो समयदेखि आन्दोलनरत विद्यार्थीहरूले आन्दोलन गरेर संस्थाको अस्तित्व नाश गर्नु नभई संस्थालाई थप जिम्मेवार बनाउने तर्फ आन्दोलन अग्रसर रहेको समेत बताएका छन् ।

हेर्नुहोस् विद्यार्थी संगठनले राखेका १८ बुँदे मागहरूः

विद्यार्थी आन्दोलनको प्रतिक्रियास्वरुप कलेज प्रशासनले जारी गरेको विज्ञप्तीः

भदौ २ गते भएको सहमति जुन कलेज प्रशासनले अक्षरश पालना नगरेको विद्यार्थीको गुनासो रहेको छः

 

प्रतिक्रिया दिनुहोस्