Logo

अस्पतालमा बिरामीको चाप



Spread the love

८ भाद्र, विराटनगर – रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् । सो अस्पतालले अहिले दाँत सम्बन्धी सेवासमेत शुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि यहाँका बासिन्दा लाभान्वित भएका छन् । “अस्पतालले गर्भवती सम्बन्धी सबै सेवा निःशुल्क उपलब्ध गराएको छ”, चौधरीले भने । गर्भवतीले नियमित जाँच तथा प्रसुती गराउँदा अस्पतालले रु आठ सय तथा रु एक हजार यातायात खर्च दिँदै आएको छ ।

“गर्भवतीलाई आवश्यक औषधी निःशुल्क दिँदै आएका छौँ”, डा चौधरीले भने । अस्पतालले चौबीसै घण्टा ल्याब सेवा, डिजिटल एक्स–रे सेवाका साथै सर्पदंशको समेत उपचार गर्दै आएको छ । “अस्पतालमा डेङ्गुका बिरामीको पनि उपचार भइरहेको छ”, डा चौधरीले भने । सर्पदंशका बिरामी दैनिक दुईदेखि तीन जनासम्म आउने गरेका छन् । अस्पतालमा अति सघन कक्ष सेवा प्राविधिक अभावका कारण सञ्चालन गर्न सकिएको छैन । “भेन्टिलेटरको सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नु परिरहेको छ”, डा चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्