Logo

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता



Spread the love
 

८ भदौं, काठमाडौँ l शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच करिब २ घण्टा वार्ता चलेको स्रोतले जनाएको छ । दुई जनाबीच केके छलफल भयो भनेर खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुरमा रहेका बेला सञ्चालनको जिम्मेवारी प्रचण्डले पाएका छन् । राष्ट्रपति भण्डारीले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको शक्ति सन्तुलन आदिबारे चासो राखेको हुनसक्ने स्रोतको दाबी छ l

प्रतिक्रिया दिनुहोस्