Logo

पाँच वर्ष कैदको माग गर्दै रवि लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता



Spread the love

८ भदौं, काठमाडौँ l चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ ।

लामिछाने सहित अस्मिता कार्की र युवराज कँडेललाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताएका छन् l

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत ३० साउनमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको थियो । तिनै जनालाई दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गराएको हो ।

प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात् सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ । अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ साथै बयान पश्चात् लामिछाने सहित तिनै जनालाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ । र बहस पश्चात् अदालतले आवश्यक निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्