Logo

कसरी पाउने पेटसम्बन्धी समस्याबाट छुटकारा?



Spread the love

अहिले धरै जसो मानिसहरू पेट र आन्द्रासँग सम्बन्धित समस्याबाट गुज्रिरहेका छन् l पेटमा ग्यास, कब्जियत जस्ता समस्या त साधारण हुँदै नै गइरहेका छन् l पेटमा भएको सानोतिनो समस्याहरूले गर्दा नै पूरा शरीरलाई प्रभावित बनाइदिन्छ । उक्त अवस्थामा कसरी बनाउने त पेटलाई प्राकृतिक रूपमा सफा? आउनुहोस् चर्चा गरौँ यसबारेमा l

स्याउको रसमा कागतीको रस
यदि तपाईँ पेट र आन्द्रालाई सधैँ सफा राख्न चाहनुहुन्छ भने स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने बानी बसाल्नुहोस् । जसले तपाईँको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मदत गर्दछ l

पर्याप्त पानी
दिनहुँ बिहान उठ्नासाथ पानी पिउने बानी बसालौँ । दिनभरमा पनि पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । दिनमा कम्तीमा पनि ८ देखि १० गिलास पानी पिउनाले पेटको समस्याबाट छुटकारा मिल्नेछ l

सुपाच्य खानपान
यदि तपाइको पेट सम्बन्धी कुनै प्रकारको समस्या छ भने खानपानमा ध्यान दिने बानी बसाल्नुहोस् l खास गरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईँका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफुल आदिलाई प्राथमिकता दिनुपर्दछ ।

मनतातो पानीमा मह
ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि बिहान उठ्नसाथ मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । जसले तपाईँको पेट र आन्द्रालाई शुद्धीकरण गर्नका साथै विषाक्त पदार्थ बाहिर निकाल्न पनि सहयोग गर्छ l

प्रतिक्रिया दिनुहोस्