Logo

बहुप्रतिक्षित चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)



Spread the love

पछिल्लो समय चलचित्र ‘पासवर्ड’ ले चर्चा नै चर्चा बटुलेको छ । किन भने बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले उक्त चलचित्रमा आइटम डान्स गरेकी छिन् । सन्नीले आइटम डान्स गरेका कारण यो चलचित्र लामो समयदेखी दर्शकको प्रतीक्षामा रहेको छ । बहुप्रतिक्षित चलचित्र ‘पासवर्ड’को ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायक अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, धिरेन शाक्य, प्रविण खतिवडा,लिजा सुनार, छुल्ठिम गुरुङ, परि राना लगायतका कलाकारको अभिनय रहेको छन् । नायिका सन्नीले पनि चलचित्रमा फिचर्ड रहेको खुल्न आएको छ ।

सौरभ लामाद्वारा छायाङ्कन गरेको चलचित्रलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्र बलिउडकी चर्चित अभिनेत्री सन्नीले आइटम डान्स गरेको कारण दर्शक श्रोताको मन जिन्ने विश्वास गरेको निर्देशक सम्राट बस्नेतले बताएका छन् । चलचित्र यही भदौ २७ गते बाट देशभर प्रदर्शनमा हुँदैछ ।

ट्रेलर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/YhLZUCtn7Ls

प्रतिक्रिया दिनुहोस्