Logo

मृतकका परिवारलाई एक लाख आर्थिक सहयोग



Spread the love

८ भाद्र, भोजपुर – करेन्ट लागेर मृत्यु भएका भोजपुर नगरपालिका–११ अम्तेकका शम्भु विसुन्केका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सोही स्थानमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अचानक करेन्ट लागेर विसुन्केको निधन भएपछि राहत स्वरुप रु एक लाख तीन हजार ५०० हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर राईले जानकारी दिए ।

विद्यालयको भवन उद्घाटन कार्यक्रममा सांसद सुधन किराँतीले विसुन्केका परिवारका लागि आर्थिक सहयोग गर्दै अन्य व्यक्तिलाई पनि सहयोग गर्न आह्वान गरेसँगै जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक, समाजसेवी, स्थानीयलगायतबाट सहयोग सङ्कलन गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको प्रधानाध्यापक राईको भनाइ छ । विसुन्केको गत असार १० गते करेन्ट लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्