Logo

राजमार्ग अवरुद्ध



Spread the love

८ भाद्र, रसुवा – गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङलामु राजमार्ग आज अपरान्ह्देखि बन्द भएको छ । प्रुमख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आज बिहानैदेखि एक्कासी क्रमश दब्दै गएपछि त्यसको सामान्य मर्मतबाट केही यातायात सञ्चालन गरिए पनि सडकको सतह भासिएपछि यातयात बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका छन् । सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ । सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्