Logo

नेकपाको सचिवालय बैठक सुरु



Spread the love

९ भदाै, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहँदा पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

केपी शर्मा ओलीले जानु पूर्व सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । प्रचण्डले बोलाएको यो नेकपाको पहिलो सचिवालय बैठक हो ।

बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल गर्ने नेकपा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्