Logo

स्पेनिस ला लिगामा ग्रिजमनको दुई गोलसंगै बार्सिलोना विजयी



Spread the love

९ भदाै, काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले पहिलो जित निकालेको छ । घरेलु मैदानमा बर्सिलोनाले रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान १ गोल गरे । बेटिसका नविल फेकिर र लोरेन मोरनले गोल गरे ।

पहिलो खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको थियो भने यो जितसँगै बार्सिलोनाले आफ्नो लय पक्रिएको छ ।

आइतबार राति भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को जित हात पारेको छ । एट्लेटिकोको जितमा ७१औं मिनेटमा भिटोलोले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्