Logo

स्टोक्सको शतकसँगै इंग्ल्यान्डको रोमाञ्चक जित



Spread the love

९ भदाै, काठमाडौं । एसेज सिरिजको तेस्रो टेस्टमा इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ। घरेलु टिम इंग्ल्यान्डले १ विकेटको रोमाञ्चक जित निकालेको हो।इंग्ल्यान्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्दै एसेज सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

लिड्समा अष्ट्रेलियाले दिएको तीन सय ५९ रनको विजयी लक्ष्य इङ्ल्यान्डले १२५.४ ओभरमा नौ विकेटको नोक्सानीमा पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा बेन स्टोकले शतकीय पारी खेल्दै अविजित एक सय ३५ रन बनाए । कप्तान जोय रुटले ७७, जोय डेनलीले ५०, जोनी बैरस्ट्रवले ३६ र जोफ्रा आर्चरले १५ रन जोडे । अस्ट्रेलियाका जोस ह्जेलवुडले चार विकेट हात पारे । नाथन लियोनले दुई तथा पाट कमिन्स र जेम्स पाटिन्सनको नाममा समान एक विकेट रह्यो ।

अष्ट्रेलियाले पहिलो इनिङमा १ सय ७९ र दोस्रोमा २ सय ४६ रन जोडेको थियो । पहिलो इनिङमा ६७ रनमा अलआउट भएपनि इंग्ल्यान्डका लागि स्टोक्सको उत्कृष्ट ब्याटिङ निर्णायक सावित भयो । अब सिरिजमा दुई टेस्ट बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्