Logo

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारत विजयी



Spread the love

९ भदौ, काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिपअन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले घरेली टोलि वेष्ट इन्डिजलाई ३१८ रनको भारी अन्तरले पराजित गरेको हो ।

वेष्ट इन्डिजले ४१९ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङ गरेको दोस्रो पारीमा सबै विकेटको नोक्सानीमा मात्र १०० रन बनाउँदा भारत विजयी भयो । वेष्ट इन्डिजका लागि दोस्रो पारीमा केमार रोएचले ३८ रन जोड्नु बाहेक अन्य खेलाडीले भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ भारतका जस्प्रित बुमराह ८ ओभरमा ४ मेडन ओभर राख्दै मात्र सात रन खर्चिएर पाँच विकेट हात पारे । त्यस्तै, इशान्त शर्माले ३ र मोहम्मद सामीले दुई विकेट लिए ।

यसअघि आफ्नो पहिलो पारीमा वेष्ट इन्डिजले २२२ रन बनाएको थियो । भारतले भने आफ्नो पहिलो पारीमा २९७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्