Logo

एल क्लासिको : रियल मड्रिडसँग हार्‍यो बार्सिलोना



Spread the love

साउन ३० – एल क्लासिको अर्थात दुई स्पेनिस महारथी रियल मड्रिड र बार्सिलोनाबिचको खेलमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस सुपर कपको पहिलो लेग अन्तर्गत आइतबार राति बार्सिलोनाको मैदान नाउ क्याम्प भएको खेलमा युरोप तथा स्पेनको च्याम्पियन रियल मड्रिडले ३–१ को जित निकाल्यो । मार्सेलोको क्रसमा बार्सिलोनाका जेराड पिकेले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । त्यसको केही सयमपछि नै लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।तर थप खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । एल क्लासिकोमा गोल गरेका रोनाल्डो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । तर त्यसको केही पछि नै मार्को एसेन्सियोले गोल गरेपछि रियल मड्रिडले ३–१ को जित निश्चित गर्‍यो । सुपर कपको दोस्रो लेग आउँदो बुधबार रियल मड्रिडको मैदान बर्नाबेउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्