Logo

पुरूषको भन्दा महिलाको मस्तिष्क धेरै तीब्र चल्छ



Spread the love

विभिन्न अनुसन्धानहरुका अनुसार पुरुषहरुको तुलनामा महिलाको मस्तिष्क एकदम तीब्र गतिमा चल्ने गर्छ । महिलाहरुको उमेर भएको पुरुषको मस्तिष्कको तुलना गर्ने हो भने महिलाको मस्तिष्क उमेर पुरुषको भन्दा तीन वर्ष कम हुनेछ ।

वैज्ञानिकहरुले गरेको अध्ययनमा २० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुषहरुलाई सहभागी गराउँदा पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको तुलनामा २.४ वर्ष बढी भएको र महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष कम भएको देखियो । यससंगै विभिन्न अध्ययनले शारीरिक बल, तर्क र परीक्षण जस्ता कुरामा पुरुष अगाडि हुने भए पनि सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने कुरा पत्ता लगाएको थियो ।

महिलाको तुलनामा पुरुषको मस्तिष्कले धेरै प्रकारको काम एकै चोटी गर्ने सक्दैन । महिलाहरुले बीस वर्ष पहिले आफूले लगाएको लुगालाई समेत सम्झेका हुन्छन् भने लुगा नहेरिकन पुरुषलाई हिजो लगाएका लुगाहरु समेत याद रहँदैन । विभिन्न आवाजहरु आइरहे पनि पुरुष सुत्न सक्छन भने महिलाहरु बढी आवाज आएको ठाउँमा सुत्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्