Logo

नेपालको डारुल टाजिमबिरुद्ध प्लेइङ–११ सार्बजनिक



Spread the love

९ भदाै, काठमाडौं । मलेसियन लिग च्याम्पियन क्लब जोहार डारुल टाजिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ–११ सार्वजनिक भएको छ । प्रशिक्षक जोहान कालिनले मुख्य स्टाइकरको जिम्मेवारी विमल घर्तिमगरलाई दिँदा गोलकिपरको जिम्मेवारी भने विकेश कुथुलाई दिएका छन् ।

यस्तै टोलीमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, विक्रम लामा, बिशाल राई र रवि पासवान छन् । यस्तै सुमन अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी प्लेइङ–११ मा समावेश छन् ।

नियमित कप्तान विराज महर्जन र उप–कप्तान किरण चेमजोङ टोलि बाहिर रहँदा सुजललाई कप्तानीको जिम्मेबारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्