Logo

कपालको बनावटबाट नै थाहा पाउनुहोस् युवतीको स्वभाव



Spread the love

कपाल महिलाहरुका लागि मात्र नभएर पुरुषहरुको लागि पनि सौन्दर्यको पहिचान हो । महिला होस् वा पुरुष दुवैको व्यक्तित्व विकासमा कपालको महत्वपूर्ण भूमिका हुन्छ । केटीहरुले आजकल फेसन र आफ्नो इच्छाका अनुसार कपाल लामो, स्ट्रेट, कर्ली तथा छोटो गरेर राखेका हुन्छन् ।कपालको बनावट, रंग र संरचनाको आधारमा पनि युवतीको स्वभावको बारेमा पत्ता लगाउन सकिन्छ ।

-छोटो कपाल भएका महिलाहरुको विचारमा पटक पटक उतार चढाव आइ रहने भए पनि यिनीहरु सँधै आफ्नो फाइदाको बारेमा मात्र सोच्ने गर्छन् । यिनीहरुसँग बोल्दा वा काम गर्दा हामीले सजग भएर रहनु राम्रो हुन्छ । साथै अनुशासन र मेहनतलाई बढी महत्व दिने गर्छन् भने यिनीहरुको भविष्य निर्माणमा भाग्यले पनि साथ दिरहेको हुन्छ । रमाइलो गर्नमा धेरै रुची भएपनि कहिलेकाही यिनीहरुको बोलीले गर्दा अरुले यिनीहरुलाई घमण्डी समेत सोच्ने गर्छन् ।

-यदी कुनै महिलाको कपाल लामो घुम्रिएको छ भने यस्ता महिलाहरुलाई भौतिक सुख सुविधाप्रति अत्यन्त मोह हुने गर्छ । भविष्यप्रतिको चिन्ता नभएको यिनीहरुमा वर्तमानमा मोजमस्ती गरेर जिउने इच्छा रहेको हुन्छ ।

-कानको नजिकै आएर थोरै घुम्रिएको कपाल हुने महिलाहरु भाग्यशाली हुन्छन् र यिनीहरुले आफ्नो भाग्यबाट सबै सुख, सुविधा र आनन्द प्राप्त गरेका हुन्छन् ।

-लामो र स्ट्रेट कपाल भएका महिलाहरुको मन सफा हुने भएकाले धेरैजसो पुरुषहरुले यस्ता महिलालाई मन पराउने हुन्छन् ।यिनीहरुले समय र परिस्थितिको राम्ररी बुझेर, धेरै बिचार पुर्याएर बोल्ने तथा निर्णय लिने गर्छन ।

-धेरै जसो महिलाहरुको कपाल कम उमेरमै पातलो हुने गर्दा महिलाहरुले छिट्टै आत्मविश्वास गुमाउने गरेको हुन्छ । यिनीहरु भाग्यलाई एकदमै धेरै विश्वास गर्ने भएकाले माया, प्रेमप्रति कुनै प्रकारको आकर्षण हुँदैन् ।

प्रतिक्रिया दिनुहोस्