Logo

५ लाख धरौटीमा पत्रकार रवि लामिछाने रिहा



Spread the love

९ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहन अभियोग खेपेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई रिहाइ गरेको हो ।

आइतबार कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखिएको थियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो भने लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारिख छाड्न चितवन जिल्ला अदालतका रजिष्टार रुद्रमणि गिरीले आदेश दिएको बताए ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्