Logo

रबिलाई रिहाइ पछिका अंकुश, भिडियो स्रोत अझै अस्पष्ट



Spread the love

१० भाद्र, काठमाडाैँ – कार्यक्रम प्रस्तोता तथा पत्रकार रबी लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहन अभियोग खेपेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई रिहाइ गरेको हो ।

जिल्ला अदालत चितवनले लामिछानेसँग शर्त सहित ५ लाख धरौटी मागेको छ भने युवराज कँडेलसँग ३ लाख धरौटिको माग गरेको छ । त्यसै गरी सोही आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता कार्की भने सामान्य तारेखमा रिहा भएकी छिन् ।

गत साउन २० गते चितवनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले भिडियोमा नाम लिएको र त्यसमा संन्दिग्ध रहेको आरोपमा उनिहरू ३ जना प्रकाउ परेका थिए । त्यसै गरी उनिहरू १० दिनको हिरासत पछि रिहा भएका हुन् ।

के गर्न पाउँदैनन् अब रवि सहित ३ जनाले ?

अदालतले रवि लामिछाने सहित ३ जनालाई  पुडासैनी आत्महत्या प्रकरणका बारेमा कुनै कार्यक्रम लाइभ गर्न नपाउने तथा फेसबुकमा स्टाटस समेत लेख्न नपाउने आदेश दिएको छ । मुद्दाको अनुसन्धानमा सहभागी कसैको बारेमा पनि टिभी तथा फेसबुकमा कार्यक्रम प्रस्तुत नगर्न समेत अदालतले उनिहरूलाई आदेश दिएको छ ।

रिहा भएका ३ जनाले अब उपचारका लागि विदेश जानुपर्ने भएमा अदालतको आदेश लिनुपर्नेछ ।

आत्महत्या प्रकरणबारे लामिछानेले बोल्न नपाउने !

पत्रकार रवि लामिछानेले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे सार्वजनिक सञ्चार माध्यममा बोल्न नपाउने भएका छन् । उनलाई जिल्ला अदालतले यो विषयमा वहस तथा यस प्रकृतिका कार्य  नगर्न आदेश दिएको हो । अब पत्रकार लामिछानेले आफ्नै कार्यक्रम “सिधा कुरा जनतासँग“ मा पनि पुडासैनीको आत्महत्या प्रकरण भित्र्याउन पाउने छैनन् ।

मुद्दा अझै पनि विचाराधिन अवस्थामा रहेको भन्दै जिल्ला अदालत चितवनका न्यायाधिश हेमन्त रावलको इजलासले पीडित पक्ष, अनुसन्धानमा संलगन पक्षहरू तथा साक्षीका कुनै पनि धारणाहरू सार्वजनिक नगर्ने आदेश दिएको हो । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणका बारेमा अब उनिहरूले सामाजिक सञ्जालमा समेत विचार राख्न नपाउँने भएका छन् ।

कस्ले बनायो भिडियो ? कतिखेर भयो आत्महत्या ?

जिल्ला अदालत चितवनका न्यायाधिश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको प्रतिवेदनमा पुडासैनीको आत्महत्या पूर्वको भिडियो पुडासैनी स्वयंले खिचेको नभई अरू कसैले खिचेको बताइएको छ  । प्रतिवेदनमा  जनाइए अनुसार पुडासैनीले भिडियो रेकर्ड गर्दाको समयमा उनीसँग अरू कोही भएको समेत बताइएको छ ।

साथै प्रतिवेदनमा भिडियो बनाएलगत्तै पुडासैनीले आत्महत्या नगरेको समेत जनाइएको छ । प्रतिवेदनमा भनिएको छ “हाल मृत रहेका शालिकरामले रेकर्ड गरेको भिडियोमा उनि भित्री बस्त्रमा देखिन्छन् भने निजको झुण्डिएको अवस्थामा रहेको मिसिल संलग्न लाशको फोटोमा निजले पाइन्ट सर्ट लगाएको अवस्था देखिन्छ । सो अवस्थाले मृत्युकालीन घोषणा गर्दाको अवस्था र आत्महत्या गर्दाको अवस्था एउटै नभई फरक अवस्था रहेको भन्ने देखिन्छ ।“

 

प्रतिक्रिया दिनुहोस्