Logo

यसरि मनाइयो श्रीकृष्ण जन्माष्टमी(फोटो फिचर)



Spread the love

भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । ‘कर्म गर, फलको आशा नगर’ भन्ने भगवान् श्रीकृष्णको आदर्शमय वाक्य सधैंका लागि र सबैका लागि यसै दिन संस्मरण गरेर भगवान् श्रीकृष्णप्रति भक्तिभाव प्रकट गर्ने गरिन्छ ।बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरु:

 

 

 

प्रतिक्रिया दिनुहोस्