Logo

अनौठो चलन जहाँ एक पुरुषले दुई महिलासँग विवाह नगरे गैरकानूनी !



Spread the love

हामीलाई थाहा छ प्रत्येक देशमा विवाह सम्बन्धी आ-आफ्नै रीतिरिवाज र परम्परा हुन्छन् । जहाँ एक युवक र एक युवतीको सम्बन्ध गाँसिने गर्छ l

तर अफ्रिकाको इरिट्रीया नामक देशमा भने विवाह सम्बन्धी अलि अनौठो चलन छ l जहाँ पुरुषले दुई महिलासँग विवाह गर्नेपर्छ l त्यस देशमा बसोबास गर्ने हरेक पुरुषले दुई युवतीसँग विवाह सम्बन्ध गाँस्न अनिवार्य छ ।

धेरै जसो देशहरूमा एक युवकले दुई महिलासँग विवाह गरे गैरकानूनी हुन्छ तर यस इरिट्रीयामा भने चाहिँ ठिक उल्टो छ । यदि कुनै एक पुरुषले एक युवतीसँग मात्रै विवाह गरे भने त्यो चाहिँ कानुनी रूपमा अपराध गरेको ठहर्छ ।

सो कानुन बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । त्यस देशमा महिलाको तुलनामा पुरुषको जनसङ्ख्या यति धरै कम छ कि महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।

दुई महिलासँग विवाह नगरेमा पुरुष विरुद्ध त कानुनी कारबाही गरिन्छ नै तर पहिलो पत्नीले पनि दोस्रो विवाहमा कुनै प्रकारको अवरोध गरेमा उनलाई पनि जन्मकैदको सजाय दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्