Logo

नेपाली यू १९ टोली टस हारेर पहिला ब्याटिङ गर्दै



Spread the love

१० भदौ, काठमाडौं । आज एशिया कप छनोटको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले श्रीलंकाको एसएससी यू–२३ संग अभ्यास खेल खेल्दैछ । वर्षा बाधक बन्दा निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला सुरु हुँदा खेल ४२ ओभरमा झारिएको छ । नेपालले टस हारेर पहिला ब्याटिङ थालेको छ ।

श्रीलंकामा सेप्टेम्बर ५ देखी १४ सम्म चल्ने प्रतियोगिताको लागि नेपाल भाद्र ७ मा त्यसतर्फ प्रस्थान गरेको थियो । समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएईको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्