Logo

लिसमाथि इन्टर मिलानको फराकिलो जित



Spread the love

१० भदौ, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुको डेब्यु गोलसँगै इन्टर मिलानले फराकिलो जित निकालेको छ । लिसमाथि घरेलु मैदानमा इन्टर मिलानले ४–० को फराकिलो जित हात पारेको हो । लुकाकु इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट अगष्ट ८ तारिखमा इन्टर मिलान ८० मिलियन युरोमा आबद्ध भएका थिए ।

सिरी ‘ए’ मा योसंगै नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे र नयाँ खेलाडी रोमेलु लुकाकुले सुखद सुरुवात गरेको छ । पहिलो हाफमा दुई गोलले अग्रता लिएको इन्टर मिलानका लागि खेलको ६०औं मिनेटमा लुकाकुले गोल गर्न सफल भए । त्यस्तै, ८४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले गोल गर्दै इन्टर मिलानलाई ४–० को प्रभावशाली जित दिलाए ।

जितसँगै मिलानले १ खेलबाट ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्