Logo

खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु!



Spread the love

श्रद्धा के.सी.
खोजी हिडे.. खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु।
पाइन कतै सुन्दरताले भरिपुर्ण लालिगुरासका थुङ्गाहरु।।
पोख्दै हिडे मायाका लहरहरु आफ्नै जन्मभूमिमा।।
साट्दै हिडे मन मुटु आफ्नै पाखा पधेरिमा।।
खोजी हिडे चौरासी ब्यन्जन का लागि मसलाका पोकाहरु।।
पाइन कतै स्वादिलो गुन्द्रुक ढिडो,अदुवाका टुक्राहरु।।
खेलिरहे जन्मभुमिकै काखमा साट्दै खुशीहरु।
पाइन कतै स्वार्थ अनि डरका पोकाहरु।।
धाइरहे काशी गन्डगी गररिरहे तिर्थ व्रत।
पाइन पुन्य जति धाय पनि बिना अर्थ।
झरे आफ्नै शारदामा धाय आफ्नै खैराबाङ्गमा।
पुण्य भयो तिर्थ भयो व्रत भयो सबाका जिन्दगीमा ।।
सोध्दै हिडे दानका लागी फलफुलका बोटहरु।
पाय जताततै स्वर्थ पाप अनि खोटहरु ।
रंगिन बनाउन त्यो बडादसै झिलिमिली बत्ती बाल्नु छैन।
झलमलै भयका बोटका सुन्तलाको कमि थियन ।।
देखे सगरमाथा झै अग्लो त्यो कुमाख।
जिन्दगीको दौतरी बनेको घाँस दाउरा मेलापात।।
कमि छैन नदि नाला ताल तलैयाहरुको।
देखेकै हो पहिचान हामिले कुपिन्डे तालको।।
भेटाय सल्यानकै पहिचान चिनाउने त्यो फालावाङ्ग दरबार।
दर्शन गर्न आउदा खैराबाङ्गमा देखिने ती हसिला मुहार।।
सुस्केरा हाल्दै बोलाउने त्यो सल्लेरी पाखा।
टप्पामा रमाउने हामी कती मिठा पुर्खाका भाका।।

प्रतिक्रिया दिनुहोस्