Logo

सुशासनमा ५ नम्बर प्रदेश अब्बल: मन्त्री पोख्रेल



Spread the love

१० भदौ, गुल्मी । प्रदेश नं पाँचका मुख्य मन्त्री शङ्कर पोख्रेलले पाँच नं प्रदेश सुशासनमा अब्बल रहेको बताएका छन् । राजनीतिक भेटघाटको लागि मुख्य मन्त्री भइसकेपछि पहिलो पटक गुल्मी पुगेका मन्त्री पोख्रेल उक्त कुरा बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोख्रेलले कसैको टिप्पणीको आधार भन्दा पनि समग्र सुशासनको इन्डिकेटर आधार हेर्नुपर्ने बताएका छन् । कुनै घटनामा तल माथि भएको न हुन सक्छ तर समग्र सिस्टम सुधारको प्रक्रियामा रहेको बताए ।

साथै सबै प्रश्न जाहेज नहुने भन्दै उनले प्रदेशको राजधानी संविधानले तोक्ने समय निर्धारण नगरेको समेत उल्लेख गरे । प्रदेशको नाम र राजधानी तोक्नको लागि प्रक्रिया अघि बढाइएको उनको भनाइ रहेको थियो ।

साथै, जिल्लाको सत्यवती गाउँपालिकाका पहिरो पीडितहरुलाई प्रदेश सरकार ले नै पुनः स्थापना गर्न बताएका छन् । सानातिना कुराको लागि केन्द्र सरकारको मुख नताक्ने उनको भनाइ रहेको थियो ।

 

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्