Logo

राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गयो : अध्यक्ष तिमिल्सिना



Spread the love

१० भदौं, नवलपरासी l प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट हट्न खोजेको आरोप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाएका छन् l

आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष तिमल्सिनाले प्रदेश र स्थानीय सरकारलाई स्रोत परिचालनको अधिकार दिएता पनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति नहटेको टिप्पणी गरे ।

स्वयंले पाएको अधिकार उपयोग नगरी केन्द्रलाई दोष दिनु सङ्घीयताको मर्म विपरीत भएको अध्यक्ष तिमल्सिनाले बताए l अध्यक्ष तिमल्सिनाले राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गएकाले भ्रष्टाचारी जो कोही भएता पनि उन्मुक्ति नपाउने जिकिर गर्दै संविधान बनेपछि सर्व साधारणले सबै अधिकार पाएपनि विभेदबाट भने मुक्त हुन नसकेको उल्लेख उनले गरेका छन् l

प्रतिक्रिया दिनुहोस्