Logo

नेपाली यू-१९ क्रिकेट टोलिद्वारा एसएससीसामु २४१ रनको लक्ष्य प्रस्तुत



Spread the love

१० भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंकाको एसएससी यू-२३ क्रिकेट टोलिसामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको नोक्सानीमा २४० रन बनायो ।

नेपालका लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ८८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै, सन्दीप जोराले ३३, रित गौत्तमले ३१ र पवन सर्राफले ३० रन जोडे ।

लोकेश बम १ र कप्तान रोहित कुमार पौडेल ८ रनमा आउट हुँदा धरमराएको नेपाली ब्याटिङलाई सन्दीपले आशिफलाई राम्रो साथ दिँदा नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्