Logo

संगितमा भविष्य खाेज्दै सल्यानकी बृटिना : उनि भन्छिन जिवनमा संघर्ष गरेपछि सफलता अवस्य पाइन्छ !



Spread the love

नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सल्यान घर भएकी बृटिना गिरिको रहेको छ। सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि बृटिनालाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन। गायन क्षेत्रलाई आफनो पेशा भन्दा नि सौख भनि रुचाउने बृटिना बिगत केहि बर्ष देखी संगित साधना गर्दै आएकि छिन्।

 

 मध्यम वर्गिय परिवारमा जन्मिएकि उनि आफनो शौखपुर्ण भावनाले गीतहरु रेकर्ड गराउँने गर्छिन् । गित गाउने मात्र नभैकन उनि आफैपनि फुर्सदको बेलामा शब्द कोर्छिन।साथै अभिनयमा पनि उनको उत्तिकै रुची रहेको छ ।

      गायक कमल खत्री र सिम्पल खरेलको आवाज रहेको गीत “म गीत हुँ तिम्रो”को कभर गीत गाएर उनले नब गाइकाको सम्भाबना देखाएकी छिन ।

हेर्नुहोस् कभर गित:

प्रतिक्रिया दिनुहोस्