Logo

ब्रेकअपपछि झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !



Spread the love

हामीलाई थाहा छ सम्बन्ध जोड्दा जति खुसी मिल्छ त्यसको दोब्बर सम्बन्ध टुट्दामा लाग्छ l र यो कुनै नौलो कुरा पनि होइन l तर जब कुनै व्यक्तिको भर्खरभखरै प्रेम सम्बन्ध छुटेको हुन्छ तब उनीहरूले त्यस किसिमको गल्ती गर्ने गर्छन् l जसले गर्दा पछिसम्म पछुतो लाग्ने गर्छ l आखिर कस्तो गल्ती गर्ने गर्छन् त सम्बन्ध छुटेका युवक युवतीले? आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

मोबाइल अफ गर्ने
कतिपय मानिसहरू ब्रेकपछि आफ्नो मोबाइल अफ गर्ने, रिसले फोन नउठाउने, नम्बर फेर्ने जस्ता काम गर्दछन् । जुन मूर्खताको सङ्केत हो l त्यसैले तपाइको ब्रेकअप भएको छ भने पनि सामान्य रहनुहोस् र सबैसँग हाँसेर बोल्नुहोस् l

ब्लक नगर्ने
अक्सर ब्रेकअप भइसकेपछि पनि मानिसहरू आफ्नो पूर्व प्रेमको पर्खाइमा हुन्छ र आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतबाट ब्लक गर्दैन् । यदि तपाईँले आफ्नो पूर्व प्रेमी अथवा प्रेमिकालाई ब्लक गर्नु हुन् भने तपाईँले चाहेर पनि भुल्न सक्नु हुन् l

पूर्व प्रेमीले दिएको समान राख्ने :
यदि तपाइसँग तपाइको पूर्व प्रेमीले दिएको केही याद आउने समान छ भने त्यसलाई आफू भन्दा टाढा नै राख्नु उचित रहन्छ l किनकि सो सामसनले गर्दा पनि तपाईँले आफ्नो पूर्व प्रेमलाई भुल्न सक्नु हुन् l

सामाजिक सञ्जालमा सक्रिय नरहने :
अक्सर मानिसहरू ब्रेकअप भइसकेपछि सामाजिक सञ्जालमा सक्रिय रहदैन् l तर त्यसो गर्नु हुन्न तपाईँ जति बढी सामाजिक सञ्जालमा सक्रिय रहनुहुन्छ l तपाईँलाई उत्तिनै सजिलो हुन्छ आफ्नो पूर्व प्रेमलाई भुल्न l त्यसैले सामाजिक सञ्जालमा सक्रिय रहनुहोस् l

प्रतिक्रिया दिनुहोस्